जिल्ला स्तरीय ब्याडमिन्टन जारी

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ८, २०७२

dfधादिङबेसी बैशाख ८ । लोक तन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता जारी छ ।
आज भएको खेलमा पुरुष सिंगलतर्फ यस अघि धादिङ जिल्ला कै टप खेलाडी मानिएका विष्णु कुमार श्रेष्ठलाई पराजित गर्नै हरि गोतामे चर्चामा रहे ।
त्यसैगरी भेट्रान्स् मास्टर पुरुष डबलको उपाधी बासुदेब घिमिरे र राजु सापकोटाको टिमले जितेको छ ।
यसैगरि पुरुष डबल बी क्याटागोरी तर्फ भएका खेलहरुमा तुल बहादुर थापा र सुर्य सिंह गुरुङ, रामसिंह तामाङ र नविन श्रेष्ठ, कुमार श्रेष्ठ र रामकुमार श्रेष्ठ, गणेश लामा र विकाश हायुको टीम बिजयी हुदै सेमिफाईनलमा प्रवेश गरेका छन । भेट्रान्स, पुरुष डबल बी क्याटागोरी र पुरुष सिंङगल्स नकआउट सिष्टममा खेलाइएको र पुरुष डबल ए क्याटागोरी लिग सिष्टममा खेलाइएको धादिङ जिल्ला ब्याडमिन्टन संघले जानकारी दिएको छ ।