
विकास भण्डारी
धादिङ थाँक्रे चैत्र २६ । धादिङको थाँक्रे गाउँपालिका बाथला निवासी राजु तामाङ यतिबेला मृत्यू सँग लडिरहेका छन् ।
मुटु र लिभर रोगबाट ग्रसित राजु काठमाडौं स्थित गंगालालमा भर्ना गरेर बसेका छन् तर आर्थिक समस्यका कारण शल्यक्रियाको काम रोकिएको छ ।
२६ वर्षिया राजुले धादिङपोष्ट सँग भने आफु सँग भएको सबै सकियो, अव मृत्यू नै अन्तिम विकल्प होला डाक्टरले अप्रेशन गर्न पैसा ठिक बनाउ भनेका छन् आफु सँग छैन यहिबेला रहेछ मानवताको खोजि हुने । थोरै-थारै आर्थिक संकलन भयो भने म बाच्थे होला । भन्न पनि कहाँ जाने थाहा केहि छैन ।
राजुको यो बाँच्ने आशा तपाई हामीले एक दिनको चिया कटायौं भने जिवित रहन्छ । मानवियता भने कै यहि हो, धादिङपोष्ट परिवारको तर्फबाट हामी नेपाली जो जहाँ छौ राजुको नयाँ जीवनको लागि सक्दो सहयोग गर्न अपिल गर्दछौ ।
थप जानकारीको लागि बिरामी राजु तामाङको फोनः ९८१८१८२८७७
