
धादिङ चैत्र ८ । जिल्ला प्रहरी कार्यालय धादिङले गजुरीमा शुक्रबार बिहान बरामद गरेको १६४ किलो लागु औषध चरेश सार्वजनिक गरेको छ ।
बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षक भोलामान सिंह अधिकारीको कमाण्ड र ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङ्गेलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले १६४ किलो लागु औषध चरेश बरामद गरेको थियो ।
प्रहरीले भारत उत्तर प्रदेश‚ जिल्ला मरेठ‚ मरेठसिटी लिसारी गेट थाना ०९ बस्ने मौ महतावले चलाएको १९ टी ५१७१ नम्बकरको भारतीय ट्रकबाट उक्त लागु औषध चरेश बरामद गरेको थियो ।
ट्रकको क्याविन माथि पट्टी भएको सामान राख्ने भागमा ८ वटा पलाष्टिकको बोरामा लागु औषध चरेश १६४ किलो‚ सिमकार्ड सहितको मोबाईल सेट थान १‚ भा.रु.१३हजार ५० समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

