धादिङमा ल्होसरको रौनक, प्रचण्डद्वारा उद्घाटन (फोटो फिचर)

Avatar photo
Dhadingpost
माघ १, २०७५

धादिङ माघ १ । धादिङ सदरमुकाम धादिङबेसीमा घले समूदायले लिःल फङ घले ल्होसर धुमधामका साथ मनाएका छन् ।

लिःल फङ् अभियान घले जातीको स्वाभिमान’ भन्ने मुल नाराका साथ धादिङबेसी पुछारबजारबाट र्यालि गरेका घलेहरुले धादिङबेसी खुल्लामञ्चमा ल्होसर धुमधामले मनाएका हुन् ।

ल्होसरdf धादिङ सहित ३६ जिल्ला र मुलुकबाहिर रहेका १६ देशबाट घलेहरुको प्रतिनिधित्व भएको लिःल घले समाज युएईका अध्यक्ष नरबहादुर घलेले बताए ।

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गरेका उक्त ल्होसर कार्यक्रममा घले समुदायले कला संस्कृति झल्कने झाँकीहरु समेत प्रदर्शनी गरेका थए ।

धादिङ ल्होसरमा देखिएका दृष्यहरु