धादिङको खनियाबास आउँदै गगन थापा

Avatar photo
Dhadingpost
पुस ५, २०७५

धादिङ पुस ५ । धादङको उत्तरी समेटिएको खनियाबास गाउँपालिकाको कार्यक्रम उद्घाटन गर्न पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका युवा नेता गगन थापा खनियाबास, दार्खा आउने भएका छन् ।

खनियाबास गाउँपालिकाले भव्य तयारी पश्चात गरेको खुल्ला दिशा मुक्त क्षेत्र कार्यक्रम घोषणा शुक्रबार पुर्वमन्त्री एवम् काँग्रेस नेता गगन थापा दार्खा चौकी टोल आउने भएका हुन् ।

एक घर एक शौचालएको अवधारणा ल्याएको खनियाँवास गाउँपालिकाले सहुलियत दरमा शौचालय निमार्ण सामाग्री सर्वसाधारण र विद्यालयलाई यस अघि नै वितरण गरि सकिएको र एकाध बाहेक सबै घर र विद्यालयहरुमा शौचालय निमार्ण कार्य सकिएकोेले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले गगनथापालाई ल्याउने पक्का गरेको दार्खाबाट संचारकर्मी गोपाल फ्यूवा तामाङले जानकारी दिए ।