
धादिङ पुस १ । भाेकालाई एकछाक खाना हाेइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्दै सिद्धलेक सानाकिसान सवलिकरण परियाेजना अन्तरगतकाे तालिम सम्पन्न भएकाे छ ।
सिद्धलेक गाउँपालिका वडा नं ३ गैरीगाउँमा गठित सयपत्री महिला स्वाबलम्बी समुहको आयोजनामा उक्त आधारशीला तालिम आईतबार सकिएकाे हाे ।
सिद्धलेक गाउँपालिका वडा नं ३ का अध्यक्ष देव बहादुर पुलनमीले ४ दिन सम्म संचालन भएकाे उक्त तालिम समापन गर्दै महिलाहरु सम्पन्न भएमात्र घर परिवार र समाज सम्पन्न हुने धारणा राखेका थिए ।
त्यसैगरी कार्यक्रम सञ्चालन गर्ने संस्था प्रयास नेपालका अनुगमन समितिका संयोजक रेनुका रुपाखेतीले हेफरकाे कार्यक्रम महिला शसक्तिकरण र आयआर्जन वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएकाे धारणा राखेेेेका थिए ।
यस्तै प्रयास नेपालका कार्यक्रम संयोजक गणेश बिकले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागिहरुसंग आग्रह गरे ।
तालिममा नेतृत्व बिकास, सकारात्मक सोच, १२ वटा आधारशीला, ब्यवस्थित खोर निर्माण, बाख्रापालन र आयआर्जन वृद्धिका विषयमा छलफल भएको प्रयास नेपालका पशु स्वास्थ्य प्राविधिक इश्वरी कोइरालाले जानकारी दिए ।
