नेकपा प्रवक्ता धादिङबेसीमा भोली त्रिपुरासुन्दरी मेलामा जाने

Avatar photo
Dhadingpost
मंसिर २३, २०७५

धादिङ मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ धादिङको सदरमुकाम धादिङबेसी आईपुगेका छन् ।

मंसिर २४ गते सोमबार त्रिपुरासुन्दरी गाउँपालिमा हुन गहिरहेको त्रिपुरासुन्दरी मेलामा हुने ८ औं त्रिपुरासुन्दरी खुल्ला पुरुष फुटबल प्रतियोगिता समापन तथा बृहत सास्कृत कार्यक्रम उद्घाटन गर्न जाने क्रममा आईतबार नेकपा प्रवक्ता श्रेष्ठ धादिङबेसी सदरमुकाम आइपुगेका हुन् ।

सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने सल्यानकोटको हटीयाको मन्दिरबाटबाट आगिन्चोकको हाँसेमा भएको मन्दिरमा ल्याई देवि भित्राउने जात्रा भोलि बिहान हुनेछ ।

सोमबार बिहान झिसमिसेमा देविलाई आगिन्चोकको हाँसेमा रहेको मन्दिरमा भित्र्याई सकेपछि नेता श्रेष्ठले त्रिपुरासुन्दरी खुल्ला पुरुष फुटबल प्रतियोगिता समापन तथा बृहत सास्कृत कार्यक्रम उद्घाटन गर्ने आयोजकले बताएको छ ।

यस त्रिपुरासुन्दरी मेलाको अवसरमा शनिबार सुरुभएको आठौं त्रिपुरासुन्दरी कप खुल्ला पुरुष फुटबल प्रतियोगिता प्रथम पुरस्कार राशी १ लाख रहेको उक्त फुटबल प्रतियोगिताको उद्घाटन भने नेकपा धादिङका नेता रामबहादुर भण्डारीले गरेका थिए ।

धादिङको त्रिपुरासुन्दरी मेलामा नारायणकाजी श्रेष्ठ आउने
धादिङको त्रिपुरासुन्दरी मेला मंसिर २३-२४ मा (जात्राको विशेषता सहित)

x