
धादिङ मंसिर २१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा सुरु भएको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेलाको आठौं दिन (मंसिर २१ गते) चर्चित हास्य कलाकार, लोक गायक, आधुनिक गायक र डान्सरहरु आउने भएका छन् ।
धादिङ उद्योग वाणिज्य संघ दक्षिणी क्षेत्रिय समितिको आयोजना तथा बेनिघाट रोराङ गाउँपालिकाको सह आयोजनामा मंसिर १४ गते सुरुभएको उक्त औद्योगिक मेलामा चर्चिल लोक गायक बद्री, प्रिति आले, पि एन सापकोटा, पंगेनी, हास्य कलाकार हर्के हवल्दार, आधुनिक प्रेम परियार, डान्सर रमा न्यौपाने लगायतका कलाकारहरु आउने भएका हुन् ।
तरकारी पकट क्षेत्रको रुपमा हेरिने साविकको धुषा गाविस स्थित चरौंदी र यस क्षेत्रको विकट चेपाङ बस्ती साथै छिमेकी जिल्ला गोरखाको सिमानामा भएकोले महोत्सवको ७ दिन सम्म अवलोकन कर्ताहरु उल्यख्य रुपमा सहभागि भई रहेका आयोजकले बताएको छ ।
त्रिशुलीमा र्याफ्टीङ, हस्तकला प्रदर्शनी एवम् विक्रि, आदिवासी भेषभुषा, झाँकी, जडीबुटी प्रदर्शनी एवम् विक्रि, तरकारी प्रर्दशनी एवम् विक्रि, औद्योगिक मेलाको मुख्य आकर्षण रहेको उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले बताए ।
