धादिङको औद्योगिक मेलामा आज यी कलाकार आउँदै छन्

Avatar photo
Dhadingpost
मंसिर १७, २०७५

धादिङ मंसिर १७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा सुरु भएको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेलाको आज चौंथो दिन हो ।

पुर्व प्रधान मन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उल्लेख्य दर्शकहरु सामु मंसिर १४ गते उद्घाटन गरेका उक्त मेलामा दर्शकहरुको उल्लेख्य उपस्थिति हुँदै आएको आयोजकले बताएको छ ।

हरेक दिन स्टेजमा नयाँ राष्ट्रियय तथा स्थानिय कलाकार उतार्दै आएको आयोजकले अज चौंथो दिन चर्चित लोक गायक खुमन अधिकारी, पूर्णकला बीसी, नेपालका चर्चित हाँस्य कलाकारहरु मुलाको साग र जोगेन्द्र, नृत्यमा धादिङकी कान्छी लोकप्रिय डान्सर दिक्षा ठकुरी लगायत जिल्लका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।

आयोजकले ध्यान दिन नसकेको पक्ष

कृषि, पर्यटन तथा औद्योगिक मेला चरौंदीमा आयोजक धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रिय समिति र बेनिघाट रोराङ गाउँपालिकाले जति स्टेज कार्यक्रमलाई व्यवस्थित बनाएको छ त्यहि अनुरुप स्टल व्यवसायीहरुलाई मनलाग्दी गर्न छुट गरेको देखिन्छ ।

स्टलमा रहेका होटल व्यवसायले महंगीको हद भन्दा कालो बजारी भन्दा फरक नपर्ने गरि खाजा खाना खान गएका दर्शकहरुलाई ठगि रहेको छ भने अन्य लजिष्टिक होस या घरेलु, औद्योगिक वस्तुहरु पनि बजारमा पाइने भन्दा दुईगुना मुल्य तिर्न वाध्य भएको मेलामा सहभागि भएर फर्किएका दर्शकहरुले आलोचना गर्दै आए पनि आयोजकले यस विषयमा चासो दिएको छैन ।

वाल वालिकाहरु रमाइलो मेला जान मन गर्दछन् त्यहा पनि एक प्रकारको ठगि नै भैरहेको छ यस तर्फ आयोजको ध्यन नगएको मेलामा सहभागि दर्शकहरु बताउँछन् ।

मेला अवलोकन गरेर फर्किएका राजन अधिकारीले त सामाजिक संजालमा आयोजकलाई सुझाव दिँदै लेख्छन्- जिल्ला अनुगमन समिती धादिङ ले चरौंदीमा भईरहेको महोत्सवमा पनि अनुगमन गर्नु पर्ने देखियो ।

यहाँका होटलहरुमा स्वाथ्यलाई असर गर्ने खानेकुरा पाईनुका साथै चर्को मुल्यमा खाने कुरा खुवाउने गरेको पाई यो । यस तर्फ आयोजक र दर्शक सवैको ध्यान जाओस् । यहाँको किसानको पैसा सत्यानाश हुनबाट जोगियोस् ।