
धादिङ मंसिर १५ । “लिःल फङ्को अभियान, घले जातिको स्वभिमान” भन्ने नाराका साथ लिःल फङ् (घले समाज) धादिङको भेला सम्पन्न भएको छ ।
लिःल फङ् केन्द्रिय समितिका अध्यक्ष दिनेश कुमार घलेको प्रमुख आथित्या एवम् धादिङ तात्कालिन क्षेत्र नं १ का संविधानसभा सदस्य एवम् लिःल फङ् धादिङका अध्यक्ष धनबहादुर घलेको सभापतित्वमा उक्त भेला सम्पन्न भएको हो ।
लिःल फङ् (घले समाज) केन्द्रिय समिति, कलाकार बिभाग समिति, महिला बिभाग, विद्यार्थी बिभाग, अन्तर्रािष्ट्रय बिभागका पदाधीकारी तथा सदस्यहरुको आतिथ्यता रहेको उक्त भेलाले प्रेम बहादुर घले अध्यक्षता रहेको युवा तथा विद्यार्थी विभाग धादिङ र रुविना घले अध्यक्ष रहेको महिला विभाग गठन गरेको छ ।
जिल्लामा जिल्लाका पत्रकारहरु सँग कुरा गर्दै केन्द्रिय अध्यक्ष दिनेश कुमार घलले आगामी माघ १ गते धादिङबेसीमा हुन लागेको ऐतिहासिक पर्व लिःल (घले) ल्होसर केन्द्रिय कार्यक्रमको बारे जानकारी गराएका थिए । हामी देश तथा विदेशमा रहेका घलेहरु आगामी माघ १ गते धादिङबेसी जम्मा हुँदैछौ कार्यक्रममा सहयोग गर्न अध्यक्ष घलेले पत्रकारहरु सँग आग्रह गरेका थिए ।

भेलाबाट निर्वाचित धादिङ जिल्ला स्तरीय विभाग
लि:ल फङ् (घले समाज) युवा तथा विद्यार्थी विभाग धादिङ
अध्यक्ष -प्रेम बहादुर घले
वरिष्ठ -उपाध्यक्ष काजीमान घले
उपाध्यक्ष -रवि घले
सचिव -सुवास घले
कोषाध्यक्ष -कर्ण बहादुर घले
उप सचिव -पुजन घले
सदस्यहरु
राजेश घले, राजेन्द्र घले, हरि घले, गगन घले, सविन घले, कविराज घले, राजेन्द्र घले, हरि घले, गगन घले, सविन घले, सुब्बा घले, भक्तबहादुर घले, इशवर घले, लाल बहादुर घले, प्रयास घले, देव घले

लिःल फङ् (घले समाज) महिला विभाग
अध्यक्ष -रुविना घले
वरिष्ठ उपाध्यक्ष -प्रमिला घले
उपाध्यक्ष -सितामायाँ घले
महा सचिव -निशा घले
सचिव -समिता घले
कोषाध्यक्ष -सिता घले
सदस्यहरुः ललिता घले, लालमायाँ घले, यमुना घले, सुवर्णा घले, लक्ष्मी घले, धनमायाँ घले, रुपा घले, रेस्मा घले, निर्मला घले, बिना घले, चन्द्रा घले
