एड्भान्स एकेडेमी प्रथम
विजय तामाङ
धादिङ मंसिर १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले आयोजना गरेको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमी प्रथम भएको छ ।
प्याब्सन धादिङले शुक्रबार गुड स्टार्ट बोर्डिङ स्कुल, धार्केको प्राङ्गणमा आयोजना गरेको अन्तर विद्यालय आधारभूत तहको जिल्ला स्तरीय सामूहिक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको हो ।
साथै उक्त प्रतियोगितामा गुड स्टार्ट बोर्डिङ स्कुल द्वितीय, धादिङबेसी स्थित चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालय तृतीय, धादिङबेसीकै रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कूल र बैरेनी स्थित द राईजिङ भिलेज आवासिय माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।
प्रतियोगितामा गजुरी स्थित मुनाल एकेडेमीले बेस्ट कोरियो ग्राफीको अवार्ड हाँसिल गर्न सफल भएको थियो ।
गुड स्टार्ट इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल हर्कबीर लामाको सभापतित्व रहेको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष शान्त बिक्रम बानियाँको प्रमुख आतिथ्यता रहेको थियो भने प्याब्सन प्रदेश नं. ३ का उपाध्यक्ष तथा प्याब्सन धादिङका पुर्व अध्यक्ष रमेश कुमार श्रेष्ठ, प्याब्सनका पुर्व केन्द्रीय सदस्य तथा प्याब्सन धादिङका पुर्व अध्यक्ष नवराज ओझा, प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।
गुड स्टार्ट बोर्डिङ स्कुल, धार्के दोस्रो
चिल्ड्रेनपार्क आवासीय मावि, तृतीय
रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कूल सान्त्वना
द राईजिङ भिलेज आवासिय मावि सान्त्वना
द राईजिङ भिलेज आवासिय मावि सान्त्वना
(धादिङपोष्टका लागि फोटो सौजन्यः भिम श्रेष्ठ)
