
धादिङ मंसिर १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा मंसिर २१ गते सम्म हुन लागेको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला प्रचण्डले उद्घाटन गरे सँगै सुरुभएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार एक भव्य कार्यक्रमका बीच प्रचण्डले धादिङको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला २०७५ उद्घाटन गरेका हुन् ।
धादिङ उद्योग वाणिज्य संघ दक्षिणी क्षेत्रको आयोजना तथा बेनिघाट रोराङको सहआयोजनामा सम्पन्न हुनलागेको उक्त मेला उद्घाटन गर्न प्रचण्ड नै आउने भए सँगै तयारीलाई आयोजकले व्यापकता दिएको थियो ।
गाउँ गाउँ बाट गाडीहरु रिजर्भ गरिएका थिए भने धादिङबेसी नौबिसे लगायतका महोत्सव स्थल भन्दा टाढाका क्षेत्रहरुमा समेत बसहरु रिजर्भ गरिएको थियो ।
धादिङको तरकारी पकट क्षेत्रको प्रशंषा गर्दै प्रचण्डले धादिङका कृषकहरुको उच्च प्रशंषा गरेका थिए । उद्घाटनमा बोल्दै प्रचण्डले बुढी गण्डकी जलाशय युक्त परियोजनाले अब द्रुतगतिमा काम अगाडी बढाउने र अबको केहि बर्षमा काम सम्पन्न हुने बताए ।
दर्शकहरुको सहभागिता उल्लेख्य रहेको उक्त मेलामा उद्घाटन कै दिन व्यापार पनि निकै भएको व्यवसायीहरुले बताए । चेपाङको नमुना घर, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु महोत्सवका आकर्षणहरु रहेका छन् ।
विगतका केहि मेला महोत्सवमा देखिएको व्यवसायीहरुको मतभेद तथा राजनीतिक रुप यस मेलामा अहिले सम्म देखिएको छैन । तथापी आगामी पौषको अन्तिमका हुने धादिङ उद्योग वाणिज्य संघको अधिवेशनलाई भने महोत्सवको उद्घाटन कार्यक्रमलाई प्रभाव पारेको गुनासो सुनिएको थियो ।
केहि व्यवसायीहरु स्थानिय धादिङबासी प्रदेश मन्त्रिलाई प्रमुख अतिथि बनाउने भन्ने र केहि व्यवसायीहरुको प्रतिनिधित्व गर्दै अध्यक्ष दुवाडीले प्रचण्डलाई प्रमुख बनाए सँगै दुवाडी आन्तरीक रुपमा विवादित बनेका छन् एक व्यवसायीले बताए । दुवाडी आगामी कार्यकालका लागि फेरि अध्यक्ष बन्न चाहान्थे तर दुवाडी आगामी कार्यकालका लागि फेरि अध्यक्ष बन्न चाहान्थे तर महोत्सवमा प्रचण्डलाई प्रमुख अतिथि बनाउने दुस्साहस गरे सँगै उनी पुनः अध्यक्ष हुन सक्ने सम्भावनालाई संकट पैदा भएको छ, व्यवसायीले बताए ।
मेला उद्घाटनको दिनका केहि तस्वीरहरु






