
धादिङ मंसिर ११ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ आँसीखोला नयाँ बस्तिका नेकपा र राप्रपाका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।
विभिन्न पार्टीबाट प्रवेस गर्ने ३० भन्दा बढी नव प्रवेसीहरुलाई नेपाली काँग्रेसका नेता एवम् नगरपालिका प्रमुख भिम ढुङ्गानाले खादा ओढाएर स्वागत गरेका थिए ।
उक्त पार्टी प्रवेस कार्यक्रममा नेता ढुङ्गानाले लोकतन्त्र र समृद्धिका लागि काँग्रेसको विकल्प छैन । नेपाली काँग्रेसलाई विभिन्न ओरोहरु लगाएर समृद्धिका नारा लगाउनेहरुले गर्दा जनताहरुले दु:ख पाएको बताउँदै नेपाली काँग्रेस नै जनमुखि पार्टी भएको दावी गरेका थिए ।

यस अघि चाड पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रमममा पनि नीलकण्ठ नगारपालिका जुरेथुमबाट अन्य पार्टीका दजनौं कार्यकर्ताहरु काँग्रेस प्रवेस गरेका थिए ।
उक्त पार्टी प्रवेस कार्यक्रममा जिल्ला सचिव हरिराम बुर्लाकोटी, नगर इन्र्चाज शम्भुसिंह ठकुरी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

काँग्रस पार्टी राम्रो भएर भन्दा पनि विभिन्न कारणले गर्दा पार्टी त्याग हुन थलेको एक नेकपा सदस्य स्वीकार्छन् । दुई तिहाईको सरकार छ तर जनतामा आशा लाग्दो विकास नहुनु, अन्याय र भ्रष्टचार मौलाउनु, तस्कर र राजनीतका नाममा नेताहरु धनमुखी बन्नुले सामान्य कार्यकर्तामा वितृष्णा पैदा भएको छ नेकपाले यो विषयमा गम्भीर बन्न नसके परिणाम भयानक दुर्घटना तर्फ जाने समेत ती सदस्यले बताए ।
