धादिङ मंसिर ८ । बल्र्हुमेहेन्दो डिजिटल प्रा. लि. र क्यास्र्योल मिडिया प्रा.लि. ले आगामी माघ १७ गते तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड घोषणा कार्यक्रम गर्ने भएको छ ।
शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै यी दुई संस्थाले तामाङ गित संगीतको सम्मान तथा नयाँलाई प्रोत्साहन पुरानो लाई सम्मान गर्न म्हेन्दोमाया म्युजिक अवार्ड माघ १७ घोषणा गर्न लागिएको बताएका थिए ।
म्हेन्दोमाया गित संगीतलाई फराकिलो पार्ने हितुले अयोजना गरिएको तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५ मा २३ वटा बिधा समाबेश गरिने आयोजक संस्थाका अशिक गोङ्बा तामाङ ले बताएको हाम्रा सहकर्मी सन्दिप स्याम्चेन तामाङ् बताए ।
देशभरीका कलाकारहरुले भाग लिन पाउने यस अवार्डको लागि पौष २२ गते नोमिनेशन छनोट गरि उत्कृष्ट ५ बिधा सार्बजनिक गरिनेछ ।
फारम खल्ला मङ्सिर १० गते देखि सुरु हुने छ । फारम शुल्क एक बिधाको रु.१००० लाग्ने जम्बुलिङ फिल्म प्रा. लि. माछा पोखरी, ल्हाप्साङ कर्पो म्युजिक सेन्टर बौद्ध र काठमाडौ डिजिटल नयाँ बजार पाईने छ ।
पौष २२ गते उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरि सामाजिक सन्जाल फेसबूक मार्फत पब्लिक चोइस र फेसबूकबाट प्राप्त हुने अंकको लागी म्हेन्दोमाया म्युजिक अवार्डको अफिसियल पेजमा सबै विधाका उत्कृष्ट ५ मा पर्न सफल कलाकारको फोटोसहित सार्वजनिक गरिने छ ।
आवेदन को विधाहरु:
#नयाँ
१.गितकार
२.संगीतकार
३.गायक
४.गायिका
५.कोरियो ग्राफर
६.निर्देशक
७.मोडेल पुरुष
८.मोडेल महिला
#पुरानो
१.गीतकार
२.संगीतकार
३.एरेन्जर
४.गायक
५.गायिका
६.कोरियोग्राफर
७.निर्देशक
८.छायांकन
९.मोडेल पुरुष
१०.मोडेल महिला
११.सम्पादन
१२.म्होन्दोमायापन आउने गित
१३.उत्कृष्ट भिडियो
१४.उत्कृष्ट गीत
१५.पब्लिक चोइस
