धादिङका संघीय सांसदद्वारा ८ करोड विनियोजन (कहाँ कति ?)

Avatar photo
Dhadingpost
मंसिर ६, २०७५


धादिङ मंसिर ५ । धादिङका संघीय सांसदले ८ करोड रुपैया विकासका लागि विनियोजन गरेका छन् ।

आर्थिक वर्ष ०७५–७६ का लागि स्थानीय पूर्वाधार र विकास साझेदारी कार्यक्रम अन्तरगत निर्वाचन क्षेत्र नं। १ मा ४ करोड र निर्वाचन क्षेत्र नं। २ मा ४ करोड विभिन्न विकास योजनाका लागि विनियोजन गरेका हुन् ।

संघिय संसदहरुले आफ्ना कार्यकर्ताहरु र आफ्नो अनुकुलका मा त्र रक विनियोजन गर्ने तयारी गरेको नेपाली काँग्रेस धादिङले त्यसो नगर्न आग्रह गर्दै आई रहेको थियो । त्यसो त आफुहरुले न्याय संगत रुपमा माग भई आएका धेरै योजनाहरु मुल्याङ्कल गरेरै रकम बाँडफाँ गरिएको संघिय संसदहरु भुमि त्रिपाडी र खेमलोहनीले बताउँदै आएका छन् ।

कहाँ कुन योजनामा कति बजेट

निर्वाचन क्षेत्र नं. १
१. कृषि क्याम्पस सञ्चालनार्थ चन्द्रोदय बहुमुखी क्याम्पस भवन निर्माण बेनीघाट रोराङ ५ विशालटारलाई ५० लाख,
२. नमुना वागेश्वरी बहुमुखी क्याम्पस भवन निर्माण गल्छी–७ ५० लाख,
३. महादेवशी–रातमाटे–लिती दोभान आग्रा थाहा नगरपालिका जोड्ने सडक निर्माण थाक्रेलाई ५० लाख
४. परेवाटार–कुम्पुर भन्ज्याङ–बाघ वछला–कालीदह सडक निर्माण सिद्धलेकलाई ५० लाख
५. रिष्ठावोट–महादेवखर्क–सागर भन्ज्याङ सडक निर्माण गजुरी ८ किराञ्चोकलाई ५० लाख
६. जयवागेश्वरी बहुमुखी क्याम्पस शौचालय तथा कम्पाउन्ड वाल निर्माण बेनीघाट रोराङ ५ रिचोकटारलाई २० लाख
७. महाकाली बहुमुखी क्याम्पस भवन निर्माण थाक्रे २ सिम्लेलाई २० लाख
८. जनजागृति माध्यमिक भवन निर्माण थाँक्रे–६, महादेवबेंसीलाई २० लाख
९. मछिन्द्र बहुमुखी क्याम्पस भवन निर्माण धुनीबेसी–७, खानीखोलालाई २० लाख
१०. आमा समूह भवन निर्माण सिद्धलेक–२ थलडाँडालाई १० लाख
११. दलाङ खानेपानी योजना गल्छी–१ दलाङाई १० लाख
१२. कोत कालिका धुनीबेसी–४ लाई २० लाख
१३. गौरावारी–मेलमुलाबारी खानेपानी धुनीबेसी–२ लाई २० लाख
१४. उन्नतिशील महिला सामुदायिक भावन निर्माण धुनीबेसी–३ १० लाख ।

निर्वाचन क्षेत्र नं. २
१. बुढाथुम–बाँसखर्च–हिलेपोखरी सडक ५० लाख,
२. हुलाक भन्ज्याङ–चैनपुर–बुङकोटघाट सडक ज्वालामुखी ५० लाख,
३. मदन आश्रित स्मृति भवन धादिङबेसी निर्माण सुधार २० लाख,
४. दुङसेल झरना लघुजलविद्युत् आयोजना रुवीभ्याली निर्माण १५ लाख
५. बुम्ला खोला लघुजलविद्युत् आयोजना नहर निर्माण रुवी भ्याली–५ लाई १५ लाख
६. रवेल्पी खोला लघुजलविद्युत् आयोजना नहर मर्मत सुधार रुवीभ्याली–३ लाई १० लाख
७. कालाङम्राराङ–दुलदली–चर्ती–झालाङ मावि–न्यान्छो–सिंला सडक निर्माण खनियावास २ लाई २५ लाख
८. विशाल खेलमैदान निर्माण खनियावास–४ दार्खालाई १० लाख,
९. ताजिम्राङ–किचेत सडक गंगाजमुना–१ लाई २५ लाख,
१०. वेलुङ भञ्ज्याङ–कार्कीगाँउ–आपचौर–हाइड्रो सडकलाई २५ लाख
११. गोलाङटार–रिङरोड सुधार विस्तार त्रिपुरासुन्दरी–६ लाई १५ लाख
१२. खडरे खोला दुदेमुहान खरेनी सिंचाइ त्रिपुरासुन्दरी ७ लाई १० लाख
१३. महेन्द्र मावि साँखु भौतिक पूर्वाधार नीलकण्ठ–२ लाई १५ लाख
१४. सातमूले–तारुखर्क लिफ्ट खानेपानी निर्माण नीलकण्ठ–७ लाई १५ लाख
१५. सरस्वती मावि भवन निर्माण नीलकण्ठ–१४ लाई २० लाख
१६. ज्यामिरे खानेपानी आयोजना नीलकण्ठ–८ लाई १५ लाख
१७. लासाङ छोइलिङ गुम्बा निर्माण नेत्रावती दोवजोङ–१ पोलचेतलाई १० लाख
१८. पिमल खोला–पात्ले–महेन्द्रोदय माविसम्म सिढी निर्माण नीलकण्ठ–१ लाई १५ लाख
१९. किन्ताङफेदी–सालथुम–मस्तमावलीस्थान–सातदोवाटो सडक गंगाजमुना–४ लाई २५ लाख
२०. डुँडेपहिरो–कालिकास्थान खानेपानी आयोजना सोलार जडान गर्न ज्वालामुखी–४ लाई १५ लाख