
धादिङ मंसिर ५ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला–२०७५ मंसिर १४–२१ गते सम्म हुने भएको छ ।
धादिङका पत्रकारहरु सँग कुरा गर्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले चरौदीमा हुन लागेको उक्त मेलाको आकर्षणका बारे जानकारी गराए । अध्यक्ष दुवाडीका अनुसार करीव ५ करोडको कारोवार हुने यस महोत्सवमा करिव १ लाख अवलोकन कर्ता हुने अनुमान गरिएको छ ।
सहुुलियत दरमा टिकट
मेलामा करिव १५० वटा स्टल रहनेछ । मेलामा धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार एवम् प्रवद्र्धनको लागि त्रिशुलीनदीमा ¥याफ्टिङ एवम् जिल्लाको पर्यटकिय क्षेत्रहरुको जानकारी गराईनेछ । साथै विभिन्न जनजातीहरुको भेषभुषा झल्कनेखालको सँस्कृति प्रदर्शनी हुनेछ । मेलामा विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको छ ।
मेलाका मुख्य आर्कषणहरु
– कृषि प्रदर्शनी
– साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
– विविध साँस्कृतिक प्रदर्शनी
– त्रिशुली नदीमा ¥याफेटिङ तथा पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
– स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
– हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
– राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
– खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
– जडिवुटीको तथा वनजन्य वस्तुको प्रदर्शनी, विक्री तथा जानकारी
– आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
– इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री\सूचना प्रविधी सम्बन्धी जानकारी
– अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
– रमाईलो मेला\वाल उद्यान
कुन कलाकार कति गते आउँदै ?

