क्षेत्री समाज धादिङले गर्यो शुभकामना आदान प्रदान

Avatar photo
Dhadingpost
चैत्र २१, २०७१

6etri samajधादिङ चैत्र २१ गते । क्षेत्री समाज धादिङले आज संघारमा आईपुगेको नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान एवंम् पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
आज धादिङबेसीमा आयोजना गरिएको उक्त कार्यक्रम क्षेत्रिसमाजका केन्द्रिय अध्यक्ष डा. चन्द्रबहादुर थापाले उद्घाटन गदै पात्रो विमोचन गर्नु भएको हो ।
कार्यक्रममा अध्यक्ष थापाले ०७२ सालको शुभकामना दिदै दलहरुको आ–आफ्नै डम्फुबजाउने पुरानै रोगका कारण संविधान बन्न नसकेको बताउनु भएको थियो । उहाँले ईतिहासको निर्माता खस क्षेत्रीलाई दोश्रो दर्जामा राखि संविधान जारी गरिए किमार्थ स्वीकार्य नहुने भन्दै आफुहरुले अरुले जस्तै जातिय राज्य नमागेको तर अधिकारको सुनिश्चिता अनिवार्य गरिनु पर्ने सर्त रहेको बताउनु भएको थियो ।
त्यसैगरि शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै धादिङबेसीका रामथापा क्षेत्रीले क्षेत्री समाजलाई आरक्षणको ब्यवस्था जातीय आधारमा होइन, क्षमता र बिपन्नताको आधारमा गरिनुपर्ने । जात कै आधारमा क्षमतावान र प्रतिभावान बिद्यार्थीहरुलाई बन्चित गरिनु हुदैन भन्ने नारालाई बटम लाईन बनाउन आग्रह गर्नु भएको थियो ।
क्षेत्रि समाज धादिङका अध्यक्ष लोकेन्द्र थापा क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमा क्षेत्रिसमाज नेपालका महासचिन राबहादुुर क्षेत्री, बरिष्ठ महिला उपाध्यक्ष उर्मिला खड्का लगायतको आतिथ्यता रहेको थियो ।