अंग्रेजी हिज्जेमा सुदिक्षा लम्सालको समूह प्रथम

Avatar photo
Dhadingpost
मंसिर ३, २०७५

संजय देवकोटा
धादिङ मंसिर ३ ।
धादिङबेसी स्थित धादिङ आवासीय माध्यमिक विद्यालय सिरान बजार धादिङमा भएको अंग्रेजी हिज्जे प्रतियोगितामा सुदिक्षा लम्सालको समूह प्रथम भएको छ ।

विद्यालयको नियमित अतिरिक्त कृयाकलाप अन्तरगत सोमबार भएको प्राथमिक तहको अङग्रेजी हिज्जे प्रतियोगितामा सुदिक्षा लम्सालको समूह प्रथम भएको हो ।

कक्षा ३, ४ र ५ मा अध्ययनरत विद्यार्थीहरुको ८ वटा समूह सहभागी भएको उक्त प्रतियोगितामा सुदिक्षा लम्सालको समूह प्रथम, रश्मी कार्कीको समूह द्धितीय र त्रिशला श्रेष्ठको समूह तृतीय भएको थियो ।

प्राथमिक तह इन्चार्ज अनिता श्रेष्ठको सभापतित्वमा भएको उक्त प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक हरि लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।