ट्रकले च्यापिएर दुईजनाको मृत्यु

Avatar photo
Dhadingpost
मंसिर २, २०७५

हेटौंडा, मंसिर २ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।

बाराबाट मकै बोकेर आएको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडा–४ का २० वर्षीय सुदिप घिमिरे र ना १ ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडा–४ कै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिए ।

ट्रक सडकमै पल्टिएपछि राजमार्गसमेत अवरुद्ध भएको छ । स्थानीय र प्रहरीले ट्रक हटाएर राजमार्ग सञ्चालनको प्रयास गरेका छन् ।