मावि शिक्षक एसोसिएसन धादिङको अध्यक्षमा राजु थापा चयन

Avatar photo
Dhadingpost
मंसिर २, २०७५

संजय देवकोटा,
धादिङ मंसिर २ । माध्यमिक विद्यालय शिक्षक एसोसियसन नेपाल (HISTAN) धादिङको अध्यक्षमा राजु थापा चयन भएका छन् ।

धादिङबेसीमा शनिबार सम्पन्न भएको मावि शिक्षक एसोसिएसन धादिङको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो ।

उक्त सम्मेलनले उपाध्यक्ष भुवन थापा , उपाध्यक्ष सुनिता मिश्र, सचिब सम्झना भट्ट, स सचीव बिकास थापा मगर र कोषाध्यक्ष वीर सिंह नायक सहित १९ सदस्यीय जिल्ला कार्यसमिति निर्बाचित गरेको छ ।

सम्मेलनमा जिल्ला समन्वय समिति धादिङका संयोजक जगन्नाथ नेपाल, केन्द्रीय शिक्षा संवाद समितिका सदस्य शङ्कर अधिकारी तथा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख शिव रेग्मी, नेपाल शिक्षक संघ प्रदेश नं. ३ का महासचिव दिपक सिंखडा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन धादिङका पूर्व अध्यक्ष वैकुण्ठ अर्याल, पेशागत महासंघ प्रदेश नं. ३ का सदस्य प्रेम खरेल लगाएतको आतिथ्यता रहेको थियो ।

जिल्ला तदर्थ समितिका संयोजक पूर्ण प्रसाद सिंखडाको सभापतित्चमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष पुष्प न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।