
संजय देवकोटा
धादिङ कार्तिक ३० । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा देशव्यापी शैक्षिक आन्दोलनको क्रममा शिक्षा विकास तथा समन्वय इकाइ धादिङमा पनि धर्ना तथा विरोध सभा कार्यक्रम गरिएको छ ।
शिक्षकहरुका पेशागत मागहरु पुरा गराउने तथा नयाँ शिक्षा ऐन अविलम्ब जारी गराउने लगाएत २६ बुँदे माग पुरा गराउन नेपाल शिक्षक महासंघ तेस्रो चरणको आन्दोलनको क्रममा धादिङका शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाइ धादिङमा पनि धर्ना तथा विरोध सभा गरेका हुन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष थान प्रसाद बसौलाको सभापतित्वमा भएको विरोध सभा कार्यक्रमलाई एकीकृत अखिल नेपाल शिक्षक संगठन ३ नं. प्रदेशका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक संघ ३ नं. प्रदेशका महासचिव दिपक सिंखडा, नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका पूर्व अध्यक्ष वैकुण्ठ अर्याल, एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष खिल बहादुर धमला, नेपाल शिक्षक संघ धादिङका अध्यक्ष विष्णु अधिकारी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य अर्जुन बहादुर नगरकोटीले कार्यक्रममा सम्बोधन गरेका थिए ।
शिक्षा इकाई धर्ना कार्यक्रममा धादिङ जिल्लाका सबै विद्यालयहरु बन्द गरी उल्यख्य सङ्ख्यामा शिक्षकहरुको उपस्थिति रहेको थियो । नेपाल सरकार र नेपालशिक्षकमहासंघ विचभएको सम्झौताको कार्यन्वयननभएको भन्दै शिक्षकहरुले गरेको यो तेस्रो चरणको आन्दोलन हो ।
अघिल्लो दुई चरणमा भएका आन्दोलनमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको लिखित सहमतिहरु कार्यन्वयन नभएकाले फेरी तेस्रो चरणको आन्दोल गर्नु परेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ उप महासचिव कुल प्रसाद खतिवडाले बताए ।
