गोरखा, कार्तिक २८ । गोरखा नगरपालिका–११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट ६० वर्षीय हर्क बाहादुरको मृत्यु भएको छ ।
बा ३७ प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका–४ का ६० बषिर्य हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । मोटरसाइकल र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।
