ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
कार्तिक २७, २०७५

दाङ, कार्तिक २७ । तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

खत्रीलाई ट्रिपरले च्यापेको छ । ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्बापुरकै वसन्त गिरी घाइते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिए ।