काठमाडौं, कार्तिक २६ । आफ्नै श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० माउण्ट कैलाशडाँडा कपन डेरा गरी बस्ने ४० वर्षीय सुबास राईलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै डेरा कोठामा ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सामान्य विवादमा सुबासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
