ओलीको ‘पानीजहाज सपना’ जोडिएको जलमार्ग मोदीले उद्घाटन गर्दै

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७५

नयाँदिल्ली, कार्तिक २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बनारसमा एक महत्वाकांक्षी योजनाको लागि पुगेका छन् ।

‘मल्टी मोडल टर्मिनल’ नाम दिइएका दुई योजना उद्घाटनसँगै मोदीको योजनासँग बृहद अपेक्षा पनि गरिएको छ । जब कि, यी मार्ग गंगा नदी हुँदै ब्यापारिक मार्गको नयाँ र भारतकै सर्वाधिक लामो ब्यापारिक मार्ग हुन् ।

स्मरणीय के छने, ब्रिटिश सरकारबाट भारत स्वतन्त्र हुनुअघि सोही मार्गलाई सामान ढुवानीको लागि प्रयोग गरिन्थ्यो । सन् १९८६ मा दोस्रो पटक तत्कालिन भारत सरकारले उक्त योजनालाई सुरु गर्न खोजे पनि मोदी सरकारले उक्त परियोजनालाई ब्यूँताउन खोजेको हो ।

प्रयागराज–हल्दिया जलमार्गको पूरा दूरी १ हजार ६ सय २० किलोमिटर छ । जुन परियोजना सम्पन्न भएपछि भारतकै अहिलेसम्मको सबैभन्दा लामो जलमार्ग हुने छ ।