प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७५

काठमाडौ, २६ कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजन भट्टराई नियुक्त भएका छन् ।

भट्टराईलाई आईतबार राती बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त गरेको हो ।

भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।