प्रभु बैंकलार्इ ३ महिनामा ६० करोड खुद नाफा

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७५

काठमाडौं, कार्तिक १९ । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिना भित्र ६० करोड रूपैयाँ खुद नाफा भएको जनाएको छ ।

प्रभु बैंकमा खराब कर्जा अनुपात (एनपीएल) पनि निकै कम अर्था २.५१५ मा देखिएको छ । सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ११३.८७५ रकम व्यवस्था गरेको प्रभु बैंकको कर्जा निक्षेप पूँजी अनुपात ७५.६८५ र बेस रेट ९.४९५ कायम भएको छ । यस्तै, बैंकको प्रतिशेयर आम्दानी २९ रूपैयाँ १३ पैसा रहेको छ ।

बैंकको त्रैमासिक रिपोर्टमा ५९ करोड ८४ लाख ३८ हजार रूपैयाँ खुद नाफा भएको उल्लेख छ ।

साउनदेखि असोजसम्ममा बैंकले १ अर्ब १३ करोड ३६ लाख रूपैयाँ खुद ब्याज आम्दानी र १८ करोड २६ लाख रूपैयाँ खुद कमार्इ गरेको छ । गत आर्थिक बर्षको पहिलो ३ महिनामा यो बैंकले ३४ करोड ८७ लाख रूपैयाँ खुद नाफा गरेको जनाएको थियो ।