
धादिङ कार्तिक १८ । जिल्ला प्रसाशन कार्यालय धादिङले तिहार र छठ पर्वलाई व्यवस्थित र भयरहित बनाउन सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयद्वारा जारि गरिएको सूचनामा भनिएको छ आशन्न शुभ दिपावली र छठ पर्वको अवसरमा जिल्ला भित्र कुनै पनि आतिसवाजी पटका, भुईचम्पा, लगायतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, विक्रि वितरण र प्रयोग नगर्न देउसी भैलो खेल्ने खेलाउने बहानामा सामाजिक सास्कृतिक मुल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आग्रह गरिन्छ ।
यी पर्वको अवसरमा शान्ति सुरक्षामा आँचआउने कुनै पनि कार्य नगर्न एवम् देउसी भैलौ साँझ ९ बजे सम्म संचालन गर्न आग्रह समेत प्रमुख जिल्ला अधिकारीले सूचना मार्फत आग्रह गरेका छन् । (फोटोः गत दिपावलीमा धादिङबेसी शान्तबजारमा एक स्थानिय पटकका पढ्काएर रमाउँदै गरेको हो– फोटो ग्रफर सुसिला रिजाल)
जिल्ला प्रसाशनको सूचना जस्ताको तस्तै

