नुवाकोटकी १३ वर्षीया बालीका बलात्कृत

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७५

काठमाण्डौ, कार्तिक १६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० दिन पूरा भएकै दिन नुवाकोटकी बालिका बलात्कृत भएको छ ।

कलंकी चोक नजिकैको थकाली होटलमा एक १३ वर्षीया बालिका बलात्कारमा परेकी हुन् । बलात्कार भएको ८ दिनपछि पीडित पक्षले महानगरीय प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

बलात्कारका आरोपी सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ भने उनलाई वृत्त कालिमाटीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

नुवाकोट घर भएकी दलित समुदायकी ती बालिामाथि यही कार्तिक ८ गते नुवाकोटकै ३० वर्षीय उमेश सुनुवारले बलात्कार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।