नेपाल प्रहरीका डिआईजी हत्या प्रकरण, चालकलाई हिरासतमा राखेर अनुसन्धान शुरु

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७५

काठमाडौ, कार्तिक १६ । कार्तिक १० गते नेपाल प्रहरीका डिआईजी शुशिलकुमार भण्डारी सहित तीन जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाका चालकलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

दुर्घटनामा पत्रकार जीवन पराजुली र कांग्रेस मजदुर संगठनका नेता विनोद कार्कीको घटनास्थलमै निधन भएको थियो भने डिआईजी भण्डारीको उपचारका क्रममा निधन भएको थियो ।

अस्पतालमा उपचारार्थ चालक प्रदीप बोगटीलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीले बताए । ‘उहाँ पनि घाईते हुनु भएकाले प्रहरी निगरानीमै उपचारमा हुनुहुन्थ्यो, अस्पतालले डिस्चार्ज गरे लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका हौ’–डिएस्पी गिरीले भने ।

मण्डन देउपुर नगरपालिका वडा नम्वर ६ ढकालथोक स्थित भाँगेटारबारीमा ब्यवसायी प्रदीप बोगटीको नीजि टोयटा जीप बा ३ च २८७ नम्वरको गाडी दुर्घटना भएको थियो । शनिबार दिउसो बोगटी सहित डिआईजी भण्डारी, कार्की, पराजुली, शशस्त्रका पुर्व डिएस्पी विनोद गौतम र स्थानीय धनराज पुरी उक्त स्थानमा गएका थिए ।

वाहालवाला प्रहरीका डिआईजी पुरीको जग्गा भए स्थानमा बालुवा प्रशोधन गरी विक्री गर्न सकिने आशय र योजनामा ब्यवसायीक सनन्द्रभमा उक्त स्थान पुगेर फर्कर्दै गर्दा टोयटा जीप दुर्घटना भएको थियो । पुरीको घर त्यहि स्थानमा हो ।

चालकको लार्पवाहि, नियोजित वा आकस्मिक दुर्घटना के हो रु छानविन गरी कारवाही गरी पाउँ भनी उजुरी दर्ता भएको प्रहरी प्रवक्ता डिएस्पी गिरीले जानकारी दिए । डिआईजी हरेक शनिबार जस्तै काभ्रेको विभिन्न स्थानमा उनले लगानी गरेको क्रसर र खानीमा आउने गरेको रहस्य खुलेको छ ।

घटनाको सन्दर्भृमा अनुसन्धान गरी कारवाहीको माग गर्दै डिआईजीका भतिजा क्षितिज भण्डारी, पराजुलीका दाजु राजनप्रसाद पराजुलीले प्रहरीकोमा उजुरी दर्ता गराएका छन् ।