राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७५

कतार, कार्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै छिन् ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आएकी हुन् । कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो ।

राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको यहाँस्थित दूतावासले जनाएको छ ।

साथै उनले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गरेकी थिइन् । राष्ट्रपति भण्डारीका साथ उनीसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कदै छ।