निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७५

धनगढी, कार्ति १५ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै बुधवार निर्मलाका परिवार शुरक्षा अधिकारकर्मी लगायतले धनगढीमा प्रदर्शन गरेका छन ।

प्रदर्शनकारीले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्र्म याली निकालेका थिए ।आज संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदर्शनका क्रममा ‘सिधा कुरा जनतासग, बलात्कारी सरकारसँग,’ ‘नेताको बानि सिकेछ, प्रहरी पनि बिकेछ’ लगायतका नारा लगाएका थिए ।

ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवा यज्ञराज पन्तले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।