काठमाडौं, कार्तिक १४ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेको छ ।
पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ ।
घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।
