काठमाडौं, कार्तिक १४ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा जनसभा गर्ने भएको छ ।
मंसिर ८ गते हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव विप्लवले सम्बोधन गर्ने भनिएको छ ।विभिन्न जिल्लाबाट एक लाखको संख्यामा कार्यकर्ता उतार्ने तयारी छ ।
सरकारले गठन गरेको राजनीतिक वार्ता समितिसँग वार्ता गर्न अस्वीकार गरेका विप्लवले जनसभाबाटै आफ्ना मागहरू राख्ने जनाइएको छ । सभालाई पार्टी महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्मालगायतका नेताहरूले सम्बोधन गर्नेछन् । विप्लव सीधै सभा मै सहभागी हुनेछन् ।
