धादिङ कार्तिक १२ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारत प्रधानमन्त्री ओलीको स्वास्थ्मा सुधार आएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तम कृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सोमबार एक्सरे, मुटुको इसीजी, इको, रगतको जाँच, चिनीको मात्रा र क्रियाटिनको लेवल परीक्षण गरिएको थियो ।
उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपनि केही दिन अझै अस्पतालमै राखिने प्रा. डा. श्रेष्ठले जानकारी दिए ।
दुवै मिर्गौला फेल भएपछि २०६४ साल असारमा ओलीको मिर्गौला (किड्नी) प्रत्यारोपण गरिएको थियो । उनलाई नातामा भाइबुहारी पर्ने अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् ।
