रेडपाण्डाको छालासहित एक युवक पक्राउ

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७५

बाँके, कार्तिक ११ । रेडपाण्डाको (हाब्रे) छालासहित प्रहरीले गएराति कोहलपुर नगरपालिका–२, मुगाली बस्तीबाट सोही स्थानका एक युवकलाई पक्राउ गरेको छ ।

बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रदेश ५ प्रहरी अनुसन्धान व्यूरो टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।