भोकमरीको सूचीमा नेपाल ७२ औं

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७५

नेपाल कार्तिक ११ । नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ ।

विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक जीएजआई प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा रहेको छ ।

विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ ।

यस अघिका वर्षमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा । यो वर्ष श्रीलंका १७.९ अक सहित ६७ औं स्थानमा छ । नेपाल २१.२ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिवेदन अनुसार भारत १०३ स्थानमा छ भने बंगलादेश ८६ औं स्थानमा रहँदा पाकिस्तान १०६ औं स्थामा रहेको रहेको खबर कारोबार दैनिकमा छ ।