काँग्रेस नयाँ बन्दै छ -डा.शशांक कोईराला

Avatar photo
Dhadingpost
अशोज २२, २०७५

धादिङबेसी असोज २२ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले अब नेपाली काँग्रस नयाँ बन्ने दाबी गरेका छन् ।

धादिङबेसीमा नेपाली काँग्रसले नेपालीहरुको दशैं, तिहार, नेपाल सम्वत्, छठ पर्व को अवसरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री डा.कोईरालाले पार्टीको आगामी महासमिति बैठकले काँग्रेस नयाँ बन्ने दावी गरेका हुन् ।

काँग्रेस भित्रको एकतामा आएको संकटका कारण चुनावमा पराजय भोगेको बताउँदै महामन्त्री कोईरालाले आगामी महासमितिले गुटको अन्त्य गरेर संघियतको ढाँचामा पार्टीलाई लाँदै काँग्रेसलाई नयाँ पार्टीको रुपमा लगिने दावी गरेका हुन् ।

यस्तै काँग्रेस नेता तथा पुर्व मन्त्री यज्ञप्रसाद ढकालले विपिको छोराको रुपमा प्रस्तुत हुन् आग्रह गरे । काँग्रेस चुनावी हार पछि बौरिन नसकेको बताउँदै महासमितिको बैठकबाट बौराउन समेत ढकालले महामन्त्री डा.कोईरालालाई आग्रह समेत गरेका थिए ।

यस्तै शुभकामना मन्तव्य राख्दै महावेशन प्रतिनीधि तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले काँग्रेस नेताहरु चिया पसलमा समेत आफ्नै नेता तथा सहपाठीहरुको आलोचनामा समय बिताउने गरेको बताए । चुनाव सम्पन्न भएको १८ महिना भै सक्यो जित्नु हार्नु आफ्नो ठाउँमा छ तर खै उम्मेदवारहरु कहाँ छन् ? गाउँ जानु पर्दैन ? प्रश्न गरेका थिए कम्तिमा पनि आफुनो घोषणा पत्र न हरेपछि कम्युनिष्टको घोषणा पत्र पढेर जनताकोमा जान नगर प्रमुख ढुङ्गानाले आग्रह गरेका थिए ।

अहिलेको नेकपा सरकारले बृद्धभत्ता, घर घरमा इन्टरनेट, रेल, पानी जहाज, राष्ट्रवाद, हत्या हिंसा, बलत्कार, भ्रष्टाचार, महंगी, काला बजारी जस्ता कुराहरु लिएर जनतालाई बुझाउन सके मात्र पनि नेकपा सरकार नाङ्गिने समेत नगर प्रमुख ढुङ्गानाले आग्रह गरेका थिए ।

कार्यक्रममा पुर्व मन्त्री तथा महावेशन प्रतिनीधि दिलमान पाख्रिन, वासु तिमल्सिना, विश्व अर्याल, देवि सिलवाल लगाएतको आतिथ्यता रहेको थियो ।