एक किशोरलाई उद्धार गर्ने क्रममा छ जनाको मृत्यु

Avatar photo
Dhadingpost
अशोज १९, २०७५

एजेन्सी, असोज १९ । एउटा खानीमा भएको पोखरीमा हराएका एक किशोरलाई उद्धार गर्ने क्रममा छ जनाको ज्यान गएको छ ।

मलेशियामा उद्धार गर्न गएका छ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार बुधवार दिउँसो साथीहसँग माछा मार्न गएका ती १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए ।

अधिकारीहरू भन्छन्, ‘उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्टाइदिएको थियो ।

शक्तिशाली जलप्रवाहले सबै उद्धारकर्मीलाई पानीमा फन्फनी घुमाइदिएको उनले मलेशियाको सरकारी समाचार संस्था बेर्नामालाई बताएका छन्। त्यसो हुँदा उनीहरूले बोकेका उपकरणहरू छुट्टिएका थिए ।

हराएका किशोरको खोजी अभियान बिहीवार फेरि थालिएको छ। उक्त घटना सेलाङ्गोर प्रान्तको सेपाङ जिल्लामा भएको हो ।

विवरणहरूका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए ।

ती उद्धारकर्मीहरूले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए ।