फोहोर सफा गर्न नमानेपछि विदालयबाट निकालिए

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

काठमाडौ, असोज १८ । मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् ।

उनी डोम समुदायका विद्यार्थी हुन् ।

मुकेशका आमाबाबुले भने आफूहरुलाई तल्लो जात भनेर प्रध्यानाध्यापकले दुर्व्यबहार गरेको बताएका छन् । मुकेशका बुवा हरिनमरीले आफूलाई पनि प्रधानाध्यापकले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताए ।

विद्यालयमा यही असोज १० गते विद्यालयका लेखापाल राकेश यादवकी हजुरआमाको किरियाभोज खाँदा जम्मा भएको फोहर सफा गर्न भनेको र गन्हाएको फोहोर सफा गर्न नमानेपछि विदालयबाटै निष्कासन गरिएको पीडित विद्यार्थीले बताएका छन् ।