ब्रतको दिन नदीमा नुहाउँदै गरेकी महिलामाथि सामुहिक बलात्कार

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

काठमाडौ, असोज १८ । आफ्नो ब्रतको दिन नदीमा नुहाउन गएकी एक ४५ वर्षीया महिला सामुहिक बलात्कारमा परेकी छन् ।

सामुहिक बलात्कारको भिडियो सामाजिक सञ्जालमा भाईरल भएसँग भारतभर सनसनी मच्चिएको छ ।

दुवैलाई देखेर आत्तिएकी महिला चित्याउन थालिन् । भाई मलाई छोडिदेउ, आज मेरो ब्रत हो गंगा माताको कसम भाई म उपवास पनि बसिराछु । हे गंगा माता बँचाउ । दुई आरोपितले महिलालाई चुप लाग्न धम्की दिईरहे । यसपछि दुवैले नदीबाट निकालेर नदी र किनारमा सामुहिक बलात्कार गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतको पटनाको एक गाउँमा ग्रामीण प्रहरी चौकीका एसपी आनन्द कुमारले आरोपितलाई पक्राउ गरेर आफ्नै निगरानीमा कारवाही सुरु गराएका छन् । ब्रतको दिन ती महिला नदीमा नुहाई रहेको अवस्थामा एक आरोपित नदी किनारमा आएको र अर्को महिलाको भिडियो खिच्ने आरोपित बिवपुजनले महिलालाई नदीबाट किनारमा ल्याउन भनिरहयो ।

अहिले बलात्कारका एक आरोपी पक्राउ परेका छन् । एक आरोपित बस चालक हुन् । आरोपितले यस अगाडि पनि निकै महिलामाथि बलात्कार गरेको अरोप छ । पछिल्लो पटक बलात्कृत ती महिलाले डरका कारण बलात्कारको विषय सार्बजनिक नगरेको बताइृएको छ । तर जब भिडियो सामाजिक सञ्जालमा भाइरल भयो तब प्रहरीले तत्काल एक्शन लिएको हो ।