काठमाडौ बाट ७ वर्षीय बालक अपहरणमा

Avatar photo
Dhadingpost
अशोज १७, २०७५

काठमाडौ, असोज १७ । काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालय नजिकैबाट ७ वर्षीय बालक अपहरण भएको छ ।

प्रहरीले बालकलाई सकुशल अपहरणमुक्त गर्न अपरेश तीब्र पारेको जनाइएको छ ।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती ट्याक्सीमा बालकलाई हालेर लगेको जानकारी आएको बताए । स्थानीय किराना पसल सञ्चालकले सो दृश्य देखेपछि प्रहरीलाई खबर गरेका थिए ।