पर्वत, असोज १७ । गत भदौ १८ गते सोमबार राति आफ्नै घरमा शिशुलाई जन्माएर हत्या गरेकी एक युवतीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिईएको छ।
जिल्लाको फलेवास नगरपालिका १० कुर्घाकी १७ वर्षीया अविवाहित ती किशोरीसहित उनका प्रेमी मनबहादुर मल्ललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दि3एको हो । जिल्ला अदालतका न्यायधीश सूर्यबहादुर थापाले ती किशोरी बालिकाको कोटिमा भएका कारण बालसुधार गृह सानोठिमी भक्तपुरमा पठाउन र उनका प्रेमी मनबहादुरलाई पर्वत जिल्ला कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् । बच्चा जन्माएर हत्या गरी फालेको दुई दिन पछि प्रहरीले ती युवतीलाई पक्राउ गरेको थियो । उनले प्रहरीसमक्ष प्रेमी मनबहादुरले बच्चा जेसुकै गर भनेपछि बाध्य भएर मारेर फालेको बयान दिएकी छिन् ।
गत भदौ ५ गते आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी गौतमको मृत्यु शंकास्पद भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी दिएपछि कर्तव्य ज्यानमा मुद्दा चलेको थियो । पर्वत जिल्ला अदालतका न्यायाधीश सुर्यबहादुर थापाको आदेशले मृतकका श्रीमान् कृष्णप्रसाद गौतम, उनका ससुरा इमनाथ गौतम, सासु विष्णु शर्मा र नन्दलक्ष्मी गौतम जनही एक एक लाख धरौटी तिरेर छुटेका छन् ।
उक्त बच्चा मनबहादुरको हो वा होइन भन्ने पत्ता लगाउन डीएनए परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । यसैबीच, आफ्नै घरमा मृत अवस्थामा भेटिएकी पर्वतको कुस्मा नगरपालिका ७ खरेहाकी बबिता गौतमका परिवारका सदस्यहरु धरौटीमा छुटेका छन् । पर्वत जिल्ला अदालतले मृतक बबिताका श्रीमानसहित परिवारका चार सदस्यलाई एक्एक लाख धरौटीमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
