काठमाडौं, असोज १७ । बालाजुस्थित तीनपिप्लेबाट प्रहरीले पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाका शोबहादुर तामाङ रहेका छन् । उनले केरुङ नाका हुँदै सुन ल्याएका हुन् । सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको काठमाडौं प्रहरीले जनाएको छ। विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने जनाएको छ।
