
धादिङ असोज १६ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य मोहन कार्की सर्वोच्चको आदेश पछि रिहा भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका नेता कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश भए सँगै रिहा भएका हुन् ।
नेकपाका पोलिटब्यूरो सदस्य समेत रहेका नेताद्वय ‘संगठित अपराध’को अभियोगमा संखुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनीहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको माग राखेर धमला पुत्र चेतन शर्माले बनदी प्रत्यक्षकरण रिट हालेका थिए ।
रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको छ । सर्वोच्चकै आदेश रिहा भएलगत्तै गिरफ्तारपछि बन्दीलाई थुनामुक्त गर्न मागसहित दायर रिट निवेदन यो पाँचौ हो ।
यसअघि उनीहरुलाई ‘आगजनी, संगठित अपराध, विष्फोट’ अभियोगमा काभ्रे, नुवाकोट, दाङ घुमाइसकेका छन् । सबैमा निर्दोष ठहर हुँदै रिहा हुँदै आएकोमा सर्वाच्च अदालतपरिसरबाटै रिहालगत्तै गिरफ्तार गर्दै आइरहेका छन् । दुई जनालँई गएको साउ १० गते काठमाडौंको नागढुंगाबाट सीआईबीका सादा पोशाकका प्रहरीले टोलीले गिरफ्तार गरेको थियो ।
यसअघि सर्वोच्चकै आदेशमा नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्यूरो सदस्य एवं जनप्रतिनिधि सभाका अध्यक्ष उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भइसकेका छन् ।
