एड्भान्समा तेक्वान्दो ग्रेडिङ सम्पन्न

Avatar photo
Dhadingpost
अशोज १६, २०७५

अमृत तामाङ
धादिङबेसी असोज १५ ।
एड्भान्स एकेडेमीले तेक्वान्दा ग्रेडिङ सम्पन्न गरेको छ ।

धादिङबेसीमा विद्यालय पाठ्यपुस्तकको रुपमा राखेर तेक्वान्दो सिकाउँदै आएको एड्भान्स एकेडेमीले असोज १३ गते बाट सुरु ग्रेडिङ सोमबार सम्पन्न गरेको हो ।

ग्रेडिङ कार्यक्रममा सेतो पेटी देखि निलो र रातो सम्मका १८४ जना खेलाडीहरु सहभागी भएका थिए ।

ग्रेडिङ राष्ट्रिय तेक्वान्दो संघका सल्लाहकार (Black Belt 6th DAN) राजुराज पाण्डेले निर्णयकको भुमिका निभाएका थिए ।

एड्भान्समा बिगत ३ वर्ष देखि कक्षा ३ देखि ८ सम्मको विद्यार्थीहरुलाई पाठ्यक्रममा नै समावेश गरि अनिवार्य रुपमा राष्ट्रिय तेक्वान्दो पठनपाठन गर्दै आएको छ ।
विद्यार्थीको अनुशासन, स्वास्थ आत्मा सुरक्षाको लागि तेक्वान्दो तालीम दिदै आइएको विद्यालयको एशोसिएट प्रिन्सिपल भिम बाहादुर श्रेष्ठले बताए ।

यसै क्रममा राष्ट्रिय प्रातियोगितामा कक्षा ५ कि छात्रा अन्जना गुरुङ र कक्षा ८ कि छात्रा कन्चन लम्सालले तेस्रो स्थान हासिल गर्दै विद्यालय र धादिङ जिल्लाकै नाम राख्न सफल भएकि थिइन ।

अघिल्लो वर्ष १८ जनालाई कालो पेटी (Black Belt 1st DAN) लिएका थिए भने, यो बर्ष ९० जनालाई प्रदान गर्ने योजाना रहेको छ प्रिन्सिपल गोविन्द बुढाथोकीले बताए ।