एजेन्सी, असोज १६ । जहातहि बलात्कारको घटना सुनिरहदा फेरी भारतमा एउटा अनौठो घटाना घटेको छ ।
यो घटना भारतको बहराइच जिल्लास्थित नवाबगंज क्षेत्रको हो। मामा आफ्नै विवाहित भान्जिलाई भेट्न भनि गए तर मामामाथि नै अवैध सम्बन्धको आरोप लाग्यो । अवैध सम्बन्धको आरोप लगाएर नै गाउँलेले कुटपिट गरे । विवाहित युवतीका पति कामको सिलसिलामा शहर बाहिर गएका थिए । त्यसै क्रममा युवतीका मामा उनका घरमा आएका थिए । जब बेलुकी युवतीका मामा भान्जिको कोठामा चार्जर लिन गए, तब कसैले बाहिरबाट ढोका बन्द गरिदिए ।
त्यसपछि बिहान हुने वित्तिकै गाउँलेलाई बोलाएर मामा भान्जिमाथि अवैध सम्बन्धको आरोप लगाएर दुबैलाई पशुलाई जसरी कुटपिट गरे। युवतीका पति घर फर्किए, पछी उनले आफ्नै काकासहित ९ जनाविरुद्ध उजुरी गरे ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनले आफ्ना काका र परिवारले थाहा हुँदा हुँदैपनि दुबैको बदनाम गराउनका लागि अवैध सम्बन्ध बनाएको आरोपमा कुटपिट गरेको आरोप लगाएका छन् । ती आरोपी अहिलेसम्म फरार छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
