सरकारी कागजपत्र किर्ते गरेको आरोपमा सप्तरीमा एक जना पक्राउ

Avatar photo
Dhadingpost
अशोज १६, २०७५

सप्तरी, असोज १६ । सरकारी छाप र कागजपत्र किर्ते गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा शेखको घर खानतलाशी गर्दा विभिन्न व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र, सक्कल जन्मदर्ता प्रमाणपत्रहरु, विभिन्न व्यक्तिको जग्गाधनी दर्ता प्रमाणपत्र, विभिन्न व्यक्तिहरुको जग्गा रजिष्ट्रेशन लिखत कागज, विभिन्न व्यक्तिहरुको जग्गाधनी दर्ता प्रमाण पत्र, निर्वाचन आयोगको फोटो सहितको मतदाता नामावली, नागरिकता अनुसुचि फारम विवाह दर्ता प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र, बसाई सराई दर्ताको प्रमाण पत्रसहितका सामग्रीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो ।

पक्राउ परेका शेखलाई आवश्यक कानुनी कारवाहीको लागि सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. ११ गोरपार कुजराही गाउँका लेखापढी समेत गर्दै आईरहेका मो. हकिम मियाँका ३१ वर्षीय छोरा मो.सल्लम शेखलाई मालपोत कार्यालयको स्टाम्प छाप कोठामै राखि विभिन्न किसिमको सरकारी कागज पत्रहरु किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।