प्रेमिकाका भाईले गोली हानी हत्या

Avatar photo
Dhadingpost
अशोज १६, २०७५

एजेन्सी, असोज १६ । भारतको राजधानी नयाँ दिल्लीमा प्रेमिकाका भाइले ३१ वर्षका अंकित कुमारको गोली हानी हत्या गरेको छ ।

दिल्लीको जहांगीरपुरी क्षेत्रमा सोमबार ३१ वर्षका अंकित कुमार नाम गरेका युवाको हत्या भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ ।

केटीका भाइ सोमबार क्याप र मास्क लगाएर कोचिङ्ग सेन्टर पुगेको र अंकितलाई गोली हानेको जनाइएको छ । अंकितको टाउकोमा गोली लागेको थियो ।

अंकितले जहांगीरपुरी क्षेत्रमा नै कोचिङ्ग सेन्टर चलाउँदै आएका थिए । उनी गएको १० वर्षदेखि स्थानीय मुस्लिम युवातीसँग प्रेम सम्बन्धमा थिए । हत्या केटीका भाइले गरेको अंकितको परिवारले आरोप लगाएको छ ।

गोली प्रहार गरेर आक्रमणकारी भागेको बताइएको छ तर सिसिटीभी फुटेजमा आक्रमणकारी देखिएका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।