फेसबूकको डाटा ह्याक भएपछि तिनुपर्ने हुनसक्छ १.६ अर्ब डलर

Avatar photo
Dhadingpost
अशोज १५, २०७५

काठमाडौं, असोज १५ । पाँच करोडभन्दा बढी फेसबूक प्रयोगकर्ताको डाटा चोरी भएपछि प्रयोगकर्तालाई भएको नोक्सानीका लागि युरोपेली संघले फेसबूकलाई १.६३ अर्ब डलरको जरिवाना लगाउने संकेत दिएको छ ।

वाल स्ट्रीट जर्नलको एक रिपोर्टअनुसार, युरोपमा फेसबूक प्राइभेसी रेगुलेसन हेर्ने आयरल्यान्ड डाटा प्रोटेक्सनले एक्सस टोकन्स र डिजिटल कीजमार्फत पाँच करोड फेसबूक प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको विषयमा विस्तृत जानकारी मागेको छ ।

फेसबूकका एक प्रवक्ताले युरोपेली संघका प्रवक्तालाई जवाफ दिइने बताए ।

मार्क जुकरबर्गले भने, ‘हामीले यो कमजोरीलाई सुधारिसकेका छौं र जोखिममा हुनसक्ने अकाउन्टलाई ठीक गरेका छौं । यस्तो ब्रीचलाई शुरूमै रोक्नका लागि हामीले निरन्तर नयाँ टूल विकसित गर्दै जानुपर्ने हुन्छ ।

रिपोर्टमा लेखिएको छ, ‘प्राइभेसी वाचडगले फेसबूकको डाटा ब्रीचका लागि १.६३ अर्ब डलरको जरिवाना लगाउन सक्नेछ ।

निजताको निगरानी गर्ने युरोपेली संघको एजेन्सीले भन्यो, ‘मंगलवार फेसबूकले डाटा ब्रीच भएको खबर पायो र करोडौं प्रयोगकर्ता प्रभावित भए । तर फेसबूकले यसको बारेमा केही पनि बताउन सकेन र प्रयोगकर्तालाई खतराका बारेमा जानकारी पनि दिएन र यो चिन्ताजनक छ ।